सेक्सका लागि सबैभन्दा राम्रो ठाउँ कुन ?

शनिबार, २१ असार २०७६, १० : ३९ शुक्रवार
सेक्सका लागि सबैभन्दा राम्रो ठाउँ कुन ?

यौन मानिसको जीवनको सबैभन्दा संवेदनशील विषय हो। अनि जब हामी यौनका बारेमा सोच्छौँ, तपाईंलाई ओछ्यान याद आउँदो होला। चिकित्सकहरुका अनुसार यौनका लागि कुनै एक खास ठाउँ मात्र उपयोग गर्नु उति राम्रो विषय होइन। स्वस्थ यौन सम्बन्धका लागि ठाउँ फेर्नु उपयुक्त हुने तिनको भनाइ छ।

ठाउँ फेरी राखिने यौन सम्बन्धले वैवाहिक जीवनमा मसलाको काम गर्ने चिकित्सकहरु बताउँछन्। हालै डा. शाहजादी हार्परले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘मानिसहरु स्वस्थ यौन जीवन ओछ्यानमा मात्र सम्भव देख्छन् तर मेरो अध्ययनले भने अरु नै केही देखाइरहेको छ। खासमा भान्सामा यौन सम्बन्ध राख्नाले लोग्ने–स्वास्नीबीचको सम्बन्ध अझ रसिलो बन्न पुग्छ।’

तपाईंलाई लाग्ला, भान्सामा यौन सम्बन्ध उति उचित कुरा होइन किनभने त्यहाँ हाइजिन सेटिङ पनि उति मिल्दैन। तर होइन, भान्सामा राखिने यौन सम्बन्धले हाम्रो शरीरको क्यालोरी अझ बढी खर्च हुन्छ। यौन सम्बन्धमा जति बढी क्यालोरी खर्च भयो, स्वास्थ्यका लागि उति राम्रो।

स्टार पत्रिकासँग कुरा गर्दै शाहजादी हार्परले केही अघि भनेकी पनि थिइन्, ‘खासमा मलाई मनपर्ने ठाउँ पनि यही नै हो किनभने त्यहाँ तपाईंले अन्य चिजबिजलाई पनि यस कार्यसँग जोड्न सक्नुहुन्छ।’

उनको सुझाव त अझ केसम्म छ भने, ‘यौन सम्बन्धका बेला सेक्स पार्टनरसँग कुराकानी गर्दै रति कार्य अघि बढाउनु उत्तम हुन्छ।’

भान्सामा हुने यौन कार्यले बढी क्यालोरी खर्च गराउँछ कि अन्यत्र भन्ने विषयमा अझै निकै शोध गर्नुपर्ने अध्ययनहरुले बताइरहेका बेला उनको दाबी छ, ‘३० मिनेट लामो यौन कार्यको एक सेसनमा १५० क्यालोरी शक्ति खर्च हुन्छ। यो चाहिँ १५ मिनेटभन्दा बढी जगिङ गरेबराबर हो।’

फेरि पनि यहाँ समस्या छ। जगिङ गर्नुभन्दा विवाहितहरुले सेक्स गर्नु नै उत्तम ठाने भने चाहिँ फेरि समस्या आउन सक्छ। किनभने जगिङका आफ्ना फाइदा छन् र सेक्सका आफ्नै। जुन फाइदा सेक्समा छ, जगिङमा छैन र जुन जगिङमा छ त्यो सेक्समा छैन।

क्यानडाको मोन्ट्रियल विश्वविद्यालयका विद्यार्थीहरुले गरेको एउटा शोधमा दौडदा जति क्यालोरी शक्ति खर्च हुन्छ, त्यसको तुलना अन्य कार्यबाट नहुने देखाएको छ।

३० मिनेटको जगिङका बेला कुनै स्त्रीले २१३ क्यालोरी शक्ति खर्च गरिसकेकी हुन्छिन् भने पुरुषले २७६ क्यालोरी। ३० मिनेटभित्रमा पुरुषले १०१ क्यालोरी र महिलाले ६९ क्यालोरी खर्च गरिरहेका हुन्छन्। यसको अर्थ ३.६ क्यालोरी प्रति मिनेट खर्च भइरहेको हुन्छ।

सेक्सका दौरानमा भने जति बढी पसिना आउँछ, उति धेरै क्यालोरी शक्ति खर्च हुने गरेको चिकित्सकहरुको भनाइ छ।
 

Leave A Comment