तस्बिरको शक्ति

शनिबार, २१ असार २०७६, १० : ५९ शुक्रवार
तस्बिरको शक्ति

तपाईंले यो तस्बिरमा के देख्नु भयो ?
तपाईंले ओठहरु देख्नु भयो ? अथवा भिन्दाभिन्दै उचाइका रुखहरु ? कि तपाईंले शृंखलाबद्ध जराहरु जमिनमा धसिएको पाउनु भयो ?

पख्नुस्, अहिले हतारमा उत्तर दिइनहाल्नुस्। तपाईंले जे देख्नुभयो, त्यसबारे सोच्नुस्। हामी यहाँ एउटा रोचक उत्तर दिँदैछौँ। यसले तपाईंको व्यक्तित्वका बारेमा प्रकाश पार्ने छ।

वेकअप योर माइन्ड नामक वेबसाइटका अनुसार, हामीले यहाँ जे जस्ता तस्बिर देख्छौँ, तिनले हामी अररो प्रकृतिको व्यक्ति हौँ कि नरम भनी बताउँछ।

उसो भए, तपाईंले ओठहरु देख्नुभयो ?
तपाईंले शुरुमा ओठहरु देख्नुभयो भने तपाईंको व्यक्तित्व शान्त र सामान्य किसिमको छ। तपाईंलाई चमकदमक मन पर्दैन। यस्ता व्यक्तिहरुलाई क्लिष्टता मन पर्दैन। जीवन सहज तरिकाले चलेको रुचाउँछन्। जे आउँछ, सरल तरिकाले जीवन गुजार्नु उनीहरुका लागि ठीक लाग्छ।

कहिलेकाहीँ तपाईं अनौठो व्यवहार देखाउनु हुने भए पनि त्यो तपाईंको बुद्धिमताका कारण हो। तपाईंले इमान्दारिताका कारण त्यस्तो व्यवहार देखाउनु भएको हुन्छ। इमान्दारीपूर्वक जीवन गुजार्नु तपाईंको विशेषता हो।

वेबसाइट भन्छ, ‘धेरैले तपाईंलाई कमजोर र सहयोगको खाँचो हुने किसिमको मान्छे ठान्छन् तर वास्तविकतामा त्यस्तो हुँदैन। तपाईं समस्या समाधान गर्न सक्षम हुनुहुन्छ, अरुको सहयोग लिइरहनै पर्दैन।

तपाईंले रुखहरु देख्नुभयो भने तपाईं आफ्नो व्यक्तित्वप्रति सचेत हुनुहुन्छ। अरुले के सोच्छन् भन्ने कुरामा तपाईं जोड दिनुहुन्छ। तपाईं विश्वास कमाउन चाहनुहुन्छ। तपाईं सशक्त त हुनुहुन्छ नै अरुको नजरमा रहस्यपूर्ण पनि हुनुहुन्छ।

वेबसाइट भन्छ, ‘मानिसले तपाईंको रहस्यात्मकतालाई सधैँ अध्ययन र अनुमान गरिरहेको हुन्छ। तपाईंको मगजमा के चलिरहेको छ भनेर जान्न उत्सुक हुन्छ। खासमा तपाईं आउने जस्तासुकै परिणामका लागि भने तयार हुनुहुन्छ। तपाईं सफलताका लागि मिहिनेत गर्ने किसिमको व्यक्ति हुनुहुन्छ।’

जरा देख्नुभयो भने तपाईं आफ्ना समस्या पत्ता लगाउने व्यक्तिमध्येमा पर्नुहुन्छ। कसैले तपाईंलाई कामलाग्दो सुझाव दियो भने तत्काल त्यसलाई सकारात्मक रुपमा लिनुहुन्छ। तपाईंको बानी स्वतन्त्र रुचाउने छ भने कुनै काममा केन्द्रिकृत हुने र जिम्मेवारी लिने चरित्र हुन्छ।

वेबसाइटले भन्छ, ‘सुरुमा तपाईंलाई जसले भेट्छ, उसले तपाईं ज्यादै सामान्य व्यक्तिका रुपमा लिन्छ तर जसै प्रतिस्पर्धी र तीव्र उत्साही भएको चाल पाउँछन्, उनीहरुको सोच्ने तरिकामै फरक पर्छ।’

Leave A Comment