दार्जिलिङबाट कविता कोसेली

सोमबार, १७ साउन २०७३, ११ : ३८ शुक्रवार , Kathmandu
दार्जिलिङबाट कविता कोसेली

भारतको दार्जिलिङबाट नेपाली भाषी कविहरू सुधीर क्षत्री र भूपेन्द्र सुब्बा कविता कोसेली लिएर धरान आइपुगे ।

सुधीर र भूपेन्द्रका झर्रा कविता सुन्न पूर्वेली साहित्यानुरागी पनि धरानमा भेला भए । कविहरू आफ्ना संग्रहबाट भटाभट कविता वाचन गर्न थाले । धरान, विराटनगर, इटहरीलगायत ठाउँबाट उपस्थित साहित्यिक स्रोता÷दर्शक ताली बर्साउन थाले । कवि हेमन यात्रीको रसिलो उद्घोषणले कार्यक्रमलाई काव्यिक बनायो ।

कलरव धरान र विमल स्मृति पुस्तकालय धरानले आयोजना गरेको कार्यक्रममा कवि भूपेन्द्र सुब्बाको कवितासंग्रह ‘बजिया आँखाहरू’ माथि कवि बम देवानले टिप्पणी गरे भने सुधीर क्षत्रीको कवितासंग्रह ‘फेरि अर्को अनुष्टुपमाथि’ कवि कुन्ता शर्माले टिप्पणी गरिन् । पूर्वका विभिन्न शहरमा कार्यक्रम गर्दै धरान आइपुगेका कविद्वय पनि पूर्वेली साहित्यानुरागीको माया पाएर प्रफुल्ल बने ।

 

Leave A Comment