जोडी प्रायः छाडा बोल्ने भेट्छु

मङ्गलबार, २४ असार २०७६, ११ : २९ शुक्रवार
जोडी प्रायः छाडा बोल्ने भेट्छु

वीरबहादुर बम्जन, नाइट ट्याक्सी चालक, बा२ज ५०३४

गुरुजी के हाल खबर छ ? कति भयो ट्याक्सी चलाउन थालेको ?
ठिकै छ भन्नुप-यो। मैले ट्याक्सी चलाउन थालेको त्यस्तै दस एघार वर्ष जति भयो। पहिलादेखि ट्याक्सी चलाउन थालेको हुँ। ट्याक्सी चलाउन थालेको हिजोअस्ति जस्तो लाग्छ तर दस, एघार वर्ष कटिसकेछ।

ट्याक्सी चलाउन गाह्रो पर्न थाल्यो भन्न थालेका छन् नि ? साँच्चै हो त ?
पहिलेको तुलनामा अहिले अलिक गाह्रो भएको छ। पहिला ट्याक्सी चलाएर जीविका चलाउन सकिन्थ्यो। खान, लाउन, केटाकेटी पढाएर, मिठै खान पुग्थ्यो तर अहिले सबैको भाउ बढ्यो तर ट्याक्सी भाडा नबढेकाले कठिनाइ पर्दै गएको छ। अहिले टुटल पठाओले गर्दा पनि हाम्रा यात्रु घटेका छन्।

मिटरको पैसा बढाइदेऊ भनेर आन्दोलन गर्दा सरकारले सुने पनि नसुनेझैँ गर्छ। यी कारणले ट्याक्सीचालक पीडित बन्दै गएका  छन्। मैले कति चोटी कुटाइ पनि खाएको छु। मिटरमा जाऊँभन्दा मिटर बन्द गर भनेर हप्काउँछन् ।

कराउने थर्काउने धेरै छन् ?

मिटरमा तीनजना यात्रुलाई जाउलाखेलबाट ठमेल लगेको थिएँ। जाँदा बाटोमा जाममा परेँ। जाममा परेपछि दुईतीन सय जति उठेको थियो। उनीहरु मातेर पूरै ल्याङमा थिए। मिटरमा यति पैसा उठ्यो भनेको ? कसरी उठ्यो बिगारेर पैसा धेरै उठाएको भनेर हप्काइदप्काइ गरेर ट्याक्सी चढेको पैसा नदिई गए।

रातिको समयमा धेरैजसो जोडी नै भेटिन्छन्। धेरै जसो दरबारमार्ग, ठमेल एरियामा जोडी रहेका हुन्छन्। उनीहरु मातेका हुन्छन्। मनपरी छाडा कुरा बोलिरहेका हुन्छन्।

मिटरमा नहिँड्ने र पैसा बढी लिन्छन् भन्ने आरोप छ ?
मान्छे सबै एकै किसिमका हुँदैनन्। एक दुईजनाले बढी पैसा लिए भनेर सबै ट्याक्सी चालकलाई मुछ्ने गरिएको छ। म त के भन्छु भने, ट्याक्सीको मिटरमा थोरै रकम बढाइ दिएर कसैले हाउमच गरेको खण्डमा जरिवाना लियोस् सरकारले। अलिक बढी नै गरेको खण्डमा सवारी लाइसेन्स नै खारेज गरोस्। सरकारले लागू गरेको नियम सबैले पालना गर्नुपर्छ। पैसा पनि नबढाइदिने हाउमचको नाममा लाखाैं रुपैयाँ राजस्व उठेको छ। सरकारले यसमा कुनै चासो देखाउँदैन। हामीलाई ट्याक्सी पार्किङको व्यवस्था होस्। मिटरमा भाउ बढ्यो भने सरकारले लगाएको नियम भोग्न तयार छाैँ।

रातिमा कुनै–कुनै केटीहरु ट्याक्सी चढेर पैसा छैन जे गर्नु छ गर्नुस् भन्छन् रे हो ?
यो सत्य हो। यस्ता यात्रु रातिको समयमा मात्र होइन दिउँसो पनि भेटिन्छन्। मलाई पनि यस्तो भन्ने धेरै यात्रु भेटेको छु। एकजना महिला यात्रु त्यस्तै बीस पच्चिस उमेरकी होलिन्। उनले के बहाना बनाइन् भने म घरबाट भागेर आएको मलाई रातोपुल पु-याइदिनु न, कति पैसा लाग्छ भनिन्। मैले हुन्छ मिटरमा उठेको पैसा दिनु न भनेँ। मैले उनलाई चढाएर रातो पुल ओरालोमा लज भएको ठाउँमा पुगेपछि दाइ मसँग पैसा छैन। मलाई जे  गर्नु छ गर्नु भन्न थालिन्।  बैनी मसँग यस्तो कुरा नगर्नु पैसा छ भने दिनु छैन भने झरेर जानु भनेपछि ओर्लेर खुरुखुरु गइन्।

जोडी चढे भने छाडा बोल्छन् भन्ने सुनिन्छ नि ?
रातिको समयमा धेरैजसो जोडी नै भेटिन्छन्। धेरै जसो दरबारमार्ग, ठमेल एरियामा जोडी रहेका हुन्छन्। उनीहरु मातेका हुन्छन्। मनपरी छाडा कुरा बोलिरहेका हुन्छन्।

प्रस्तुति : भोला अधिकारी

Leave A Comment