व्यवहारिक शिक्षामा जोड

बुधबार, २५ असार २०७६, ११ : ०५ शुक्रवार
व्यवहारिक शिक्षामा जोड

सुनोज कैनी, रेडन कलेज।

गुणस्तरीय र जीवनपयोगी शिक्षा प्रदान गर्दे उद्देश्यका साथ २०५७ सालमा रेडन कलेजको स्थापना भएको हो। स्थापनाको २० वर्षको अवधिमा यस कलेजले डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, इञ्जिनियर, व्यवस्थापक साथै सरकारी सेवामा दक्ष सयौं जनशक्ति उत्पादन गरिसकेको छ, जो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समग्र आफ्नो पहिचानसहित कार्यरत छन्।

रेडन कलेजले हाल कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ। दक्ष, अनुभवी र प्रतिबद्ध अध्यापकहरुद्वारा शिक्षण र आधुनिक सुविधा सम्पन्न आफ्नै भवन हाम्रो स्कुलको विशेषता हो। 

हाम्रा विद्यालयले विद्यार्थीका लागि विभिन्न किसिमका छात्रवृत्तिको अवसरसमेत प्रदान गर्दै आएको छ। एसइईमा उत्कृष्ट अंक ल्याएकालाई मेरिट अवार्ड, प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई रेडन अवार्ड, अतिरिक्त क्रियाकलापमा र आन्तरिक परीक्षाका उत्कृष्टहरुलाई एबिलिटी अवार्ड छात्रवृत्तिको व्यवस्था छ।

Leave A Comment