कट्टरतासँग हारिन जायरा

बुधबार, २५ असार २०७६, १२ : १५ शुक्रवार
कट्टरतासँग हारिन जायरा

‘दंगल’ गर्ल जायरा वसिमका लागि बलिउड फिल्मी यात्रा त्यति सुखद् भएन। धार्मिक रुपमा उनीमाथि निरन्तर आक्रमण भइरह्यो। तापनि उनी हच्किएकी थिइनन्।

सिक्रेट सुपर स्टारमा दमदार अभिनय गरेर उनले आफ्नो फिल्मी यात्रालाई सुखद मोडमा ल्याइसकेकी थिइन् तर कट्टरताको अगाडि कसको के चल्थ्यो र ! अन्त्यमा उनले बलिउड फिल्म क्षेत्रै छोड्ने घोषणा गरिदिइन् सामाजिक सञ्जालमार्फत्।

उनको घोषणापछि बलिउड स्तब्ध छ अहिले। केहीले उनको निर्णयलाई निजी भन्दै प्रतिक्रिया दिएका छन्। उनलाई डेब्यु गराउने ‘दंगल’ निर्देशक नितिश तिवारी भने उनको निर्णयबाट स्तब्ध भएका छन्। उनले प्रतिक्रिया दिँदै भने, ‘उनीजस्तो प्रतिभाले यस्तो निर्णय नलिएको भए हुन्थ्यो।’

Leave A Comment