‘कुल्ली’बाट पटानी आउट

बुधबार, २५ असार २०७६, १२ : २८ शुक्रवार
‘कुल्ली’बाट पटानी आउट

पुरानो चर्चित हिन्दी फिल्म ‘कुल्ली नम्बर १’ को रिमेकको तयारीसँगै दिशा पटानी चर्चामा आएकी थिइन्। उनी वरुण धवनको अपोजिट रोलमा देखिने लगभग पक्का भइसकेको खबर आएको थियो।

ब्याड लक ! दिशा नै फिल्मबाट आउट पो भइन् ! उनको ठाउँमा अब सारा अली खान देखिने भएकी छन्। फिल्म डेविड धवनले नै निर्देशन गर्दैछन्। उनैले वरुणको अपोजिट रोलमा सारा देखिने पक्का गरिसके।

अहिले दिशाको रोल घटाएर साराको बहिनीको भूमिकामा अफर गइरहेको चर्चा छ। अहिले राम्रै जमिरहेकी दिशा सेकेन्ड रोलमा देखिने सम्भावना भने कम रहेको विश्लेषणहरु भइरहेका छन्। हेरौं, दिशाले के निर्णय गर्छिन् !
 

Leave A Comment