ट्रोलले हैरान

बुधबार, २५ असार २०७६, १२ : ३८ शुक्रवार
ट्रोलले हैरान

डिभोर्सी गर्ल मलाइका अरोडा र ब्याचलर ब्वाई अर्जुन कपुर बीचको अफेयर नौलो विषय भएन। उनीहरुले आफ्नो सम्बन्ध सार्वजनिक रुपमा स्वीकार नगरे पनि सामाजिक सञ्जालमा तस्बिरहरु राखेर आफूहरु कति निकट छौं भन्ने पटक पटक देखाइरहेका छन् नै।

केही समय अगाडि विवाहको हल्ला पनि आएकै हुन् तर फेक निस्किए हल्ला। अहिले आएर फेरि यी दुवै चर्चामा छन्। चर्चाको कारण सम्बन्ध भन्दा पनि अर्जुन र मलाइकाको उमेर बीचको अन्तर हो। हालै हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा उनले अरबाज खानसँग डिभोर्स भएपछि फेरि आफू कसैलाई प्रेम गर्ने नगर्ने विषयमा अन्योलमा रहेको बताउँदै अहिले भने आफू प्रेममा रहेको र रमाइलो लागिरहेको बताएपछि दुवैको सम्बन्ध पुष्टि भयो।

ट्रोलरहरुले भने दुवैलाई ‘आमा छोरा जस्तै’ भन्दै बिच्काउन भने छाडेका छैनन्। दुवैको उमेरको विषयमा ट्रोल गर्नेलाई मलाइकाको जवाफ छ, ‘बूढाले तरुनीसँग रोमान्स गर्न हुने, महिलाले किन नहुने ?’ ठीक हो मलाइका। जब मन मिल्छ नि, त्यसमा उमेरको के अर्थ ?

Leave A Comment