अनन्याको पहिलो प्रेम

बुधबार, २५ असार २०७६, १२ : ४५ शुक्रवार
अनन्याको पहिलो प्रेम

एक टेलिभिजन कार्यक्रममा आफ्नो निजी जीवन सार्वजनिक गर्दै जब बलिउड अभिनेत्री अनन्या पाण्डेले भनिन्, ‘म मेरो जीवनमा वरुण धवनजस्तै केटा चाहन्छु’, त्यसपछि त बलिउड गसिप रुचाउनेहरुलाई के चाहियो ? मज्जैले हलचल भइहाल्यो।

वरुणसँगै उनको अफेयर शुरु भइसकेको गुड्डी हाँक्नेहरु फेला परिहाले। यदि यो खबरमा सत्यता भए वरुण उनको पहिलो प्रेमी भने हुने छैनन्।

अनन्याका अनुसार उनको पहिलो प्रेमी त सात कक्षा पढ्दापढ्दै भेटिएको थियो, जो सानै थियो। फुच्चेमाथि उनको दिल बसेको थियो। केही समय अगाडि उनको नाम अर्का अभिनेता कार्तिक आर्यनसँग जोडिएको थियो।
 

Leave A Comment