निक्कीको बदला

बुधबार, २५ असार २०७६, ०१ : ०० शुक्रवार
निक्कीको बदला

एमटिभीबाट प्रशारण भइरहेको ‘अ डबल सट एट लभ’ मा रियालिटी सुपरस्टार निक्की हललाई पोली डिले डम्प गरेर अर्को पार्टनर छान्दा निक्की चकित परिन्। पोलीको यो निर्णयसँगै निक्की रिसाउने भइन् नै।

तर उनले यसरी बदला लेलिन् भनेर पोलीले पक्कै सोचेका थिएनन्। कार्यक्रममा यी दुवैको केमेस्ट्री खुब मिलेको थियो। दुवैबीच केही न केही चलिरहेको आशंका नभएको पनि हैन तर अफेयर्समै छन् झैँ देखिएको थिएन। डम्प गरेको झोँकमा पोलीले टुइटरको डाइरेक्ट म्यासेजमा पठाएको सन्देश नै सार्वजनिक गरिदिइन्, जहाँ उनले लेखेका थिए, ‘आई लभ यु।’

निक्कीले पनि रोएको संकेत पठाउँदै जवाफ दिएकी थिइन्, ‘आई लभ यु टु।’ दुवैबीच झगडा भएको सबै टेक्स्टहरु सार्वजनिक भएपछि अहिले पोली तनावमा छन्।
 

Leave A Comment