डुवाको चञ्चले मन

बुधबार, २५ असार २०७६, ०१ : १८ शुक्रवार
डुवाको चञ्चले मन

भर्खरै त हो, गायक क्रिस मार्टिनको ब्रेकअप गायिका डकोटा जन्सनसँग भएको। त्यसैले त उनलाई न्युली सिङ्गल लेखिन थालेको थियो तर यी ४२ वर्षीयको मन कहाँ मान्यो र एक्लै बस्न ? दुई हप्तापछि नै उनी २३ वर्षीया डुवा लिपासँग स्टेजको पछाडि किस गर्दैगर्दाको अवस्थामा फेला परे।

यत्तिमै कुरा सक्किएन। यी दुवै पूरै रात सँगै देखिएपछि अब क्रिस सिंगल नभएको निष्कर्ष निकालियो। द सन पत्रिकाका अनुसार सँगै रहँदा यी दुवै निकै खुसी देखिएका थिए। डुवा त झन् खुसी देखिएकी थिइन्।

उनले क्रिसलाई आफ्नो परिवारसँग समेत परिचय गराइसकिन्। डुवा पनि केही समय अगाडि ब्रेकअपमा परेकी थिइन्। दुवै दिलजलेको भेट भयो र दिलमा छिट्टै प्रेमको आगो सल्कियो।
 

Leave A Comment