पामेलाको पीडा

बुधबार, २५ असार २०७६, ०१ : ३२ शुक्रवार
पामेलाको पीडा

बे वाच स्टार पामेला एन्डरसनको हालै लिक भएको इमेलबाट उनको प्रेमीले उनीमाथि गरेको शारीरिक शोषणको खुलासा भयो। उनले साथीलाई पठाएको इमेलमा पूर्व प्रेमी एडिल रामीले दुवै हात मर्र्काएर अस्पताल पठाएको उल्लेख गरेकी छन्।

इमेलमा उनले लेखेकी छन्, ‘उसले मेरो दुवै हात पछाडि लगेर मकाईदियो र कपालमा समातेर हुत्यायो।’ प्रेमीले आफूलाई चिट गरेको खुलेपछि यी दुवैको ब्रेकअप भएको थियो।

सिडोनी बायमनसँगको भेटमा उनले पामेलालाई एडिनसँग आफू सन् २०१७ देखि शारीरिक सम्बन्धमा रहेको बताएकी थिइन्। उनले एडिनसँग सम्बन्धमा रहँदा उनले शारीरिक र मानसिक रुपमा समेत हिंसा गरेको बताएकी थिइन्।
 

Leave A Comment