जरायो बचाउन हाम्फाले

शनिबार, २८ असार २०७६, ११ : ५१ शुक्रवार
जरायो बचाउन हाम्फाले

क्यालिफोर्नियाको एक जना नाउ चालकले जरायोको सानो बच्चो पानीमा ज्यान जोगाउन गरिरहेको संघर्ष देखेर बचाएका छन्। रोचक कुरा त के छ भने जरायोको बच्चोको संघर्षलाई शुरुमा त उनले रमाइलै मानेर खिच्न थाले तर जब त्यो बच्चोको ज्यानै सङ्कटमा परेको देखेपछि भने उनी तत्काल हाम्फालेर त्यसको ज्यान जोगाएको भिडियो यतिबेला भाइरल बनिरहेको छ।

त्यसो त कतिपयले जरायोको बच्चो जोगाउनका लागि भिडियो खिची–खिची किन नाटक गरेको होला ? सिधै बचाएको भए भइहाल्थ्यो नि भन्दै टिप्पणी गर्नेहरुको पनि कमी छैन।

‘मेरो जीवनको सबैभन्दा दुर्लभ घटनामध्येको यो हो,’ केनी क्रोयलले भने, ‘त्यसैले मैले मेरी बुहारीलाई भिडियो खिच भनेर अह्राएँ। उनले पनि खिचिन्। म आफू भाइरल हुने उद्देश्यले भने खिचेको थिइनँ।’

पानीबाट जोगाएर जरायोलाई नाउमा हालेपछि उसलाई पानीको किनारामा आफ्नो सन्तान कुरिरहेकी जरायोलाई जिम्मा लगाएका थिए।

‘ती आमा–छोराको मिलन हेर्न लायक थियो,’ भिडियो खिचिरहेकी क्याथरिन उरिकले भनिन्, ‘आखिर सबै प्राणीको मातृत्व उही हुँदोरहेछ !’

 

Leave A Comment