ग्राहकलाई पप्पी थेरापी

शनिबार, २८ असार २०७६, १२ : १० शुक्रवार
ग्राहकलाई पप्पी थेरापी

सेवा गरेर पैसा तान्नु कम्ती गाह्रो छैन तर थोरै मात्र आइडिया लगायो र रोचक बनाउन सक्यो भने ग्राहकहरु जति सुकै रकम तिर्न पनि पछि पर्दैनन्।
यही कुरा बुझेका होटल व्यवसायीहरुले इन्डोनेसियामा ‘पप्पी थेरापी’ शुरु गरेका छन्। त्यहाँका एनिमल रेस्क्यु ग्रुपसँग मिलेर होटलवालाहरुले ग्राहकहरुलाई सातामा दुई पटक ‘पप्पी थेरापी’ दिने गर्छन्।  

बालीको पुरी गार्डेन होटलले ग्राहकका अघिल्तिर स–साना छाउरा ल्याएर राखिदिन्छ। मंगलबार र विहीबारका दिन साढे १ बजेदेखि साढे तीन बजेसम्म होटलको स्विमिङ पुल छेउमा दर्जनौँ छाउराहरु तपाईंसँग लाडिदै माया गर्दै बस्छन्।

यस किसिमको थेरापीले आफूलाई आनन्द लाग्ने गरेको कयौँ सन्तुष्ट ग्राहकहरुले इन्स्टाग्राममा तस्बिरहरु हाल्ने गरेका छन्।
 

Leave A Comment