साङ्लाको दूध पोषिलो

सोमबार, १७ साउन २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
साङ्लाको दूध पोषिलो

गाईको दूधले मान्छेलाई शक्ति र आरोग्य प्रदान गर्छ । तर, गाईको भन्दा साङ्लाको दूध अझ बढी पोषिलो हुन्छ भन्ने तथ्य सामुन्ने आएको छ ।
वैज्ञानिकहरूका अनुसार ‘पेसिफिक बिटल’ प्रजातिको साङ्लाको दूध यति बढी गुनिलो पाइएको हो । यस्तो दूधलाई ‘प्रोटिन सप्लिमेन्ट’का रूपमा समेत प्रयोग गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ ।
यससम्बन्धी खोजमूलक लेख ‘इन्टरनेसनल युनियन अफ क्रिस्टेलोग्राफी जर्नल’मा प्रकाशित छ । ‘यस प्रजातिका साङ्लाको दूधमा प्रोटिन पाइन्छ, जुन साङ्लाले आफ्नो बच्चालाई ख्वाउँछ । यसैले गर्दा साङ्लाका बच्चा सधँै जवान हुन्छन् । यसको दूधमा प्रोटिन, फ्याट र सुगर सबै पाइने भएकाले यो पूर्ण खाद्य हो । साथै, यसमा सबै खाले एमिनो एसिड पाइन्छन्, जुन स्वास्थ्यका लागि बडो लाभदायक हुन्छन्,’ जर्नललाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालले गरेको एउटा अनुसन्धानले प्रोटिनका निम्ति रातो मासुको सट्टा साङ्ला खान सुझाव दिएको थियो ।

 

Leave A Comment