शिक्षक चार, विद्यार्थी शून्य

बुधबार, १९ साउन २०७३, ०९ : ४५ शुक्रवार , Kathmandu
शिक्षक चार, विद्यार्थी शून्य

दक्षिण एसियाका सरकारी स्कुलमा शिक्षक कम भएको गुनासो अक्सर सुन्ने गरिन्छ । तर, भारतीय राज्य मध्यप्रदेशको शहर इन्दौरको एउटा सरकारी स्कुलको कथा बेग्लै छ ।
त्यहाँको रामोहल्ला क्षेत्रमा रहेको सरकारी प्राथमिक स्कुलमा चार जना शिक्षक छन् । तर, उनीहरूले पढाउने एउटै विद्यार्थी पनि यसपालिको शैक्षिक सत्रमा भर्ना भएको छैन ।
‘विद्यार्थी भर्ना किन भएनन् भन्ने विषयमा हामी जाँच गर्दै छौँ । आवश्यक परेछ भने विद्यालयका शिक्षकलाई अन्य स्कुलमा सरुवा गर्नेछौँ,’ शिक्ष्षा अधिकारीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

 

Leave A Comment