चिन्डे सयानी

बुधबार, ०१ साउन २०७६, १२ : १८ शुक्रवार
चिन्डे सयानी

‘आर्टिकल १५’ फिल्मको सफलतासँगै अभिनेत्री सयानी गुप्ता धेरैको नजरमा परिन्। भारतमा बढ्दो जातिवाद र हिन्दुकरणलाई सटायर हानिएको यो फिल्मलाई धेरैले रुचाए। सँगै आयुष्मान खुराना र सयानीको अभिनयको पनि भरमार तारिफ भयो।

तर खै के भयो कुन्नी, बोल्ड लुक्सकी धनी सयानीको चिन्डे रुप एकाएक सार्वजनिक भयो। उनी आफैंले कपाल खौरिएको तस्बिर सार्वजनिक गरेपछि उनका फ्यानहरु छक्क परेका थिए। उनको लुम्सबारे अनेक अनुमान हुन थालेपछि फेरि उनी आफैंले यस्तो लुक्सबारे खुलाइन्, ‘यो मेरो नयाँ प्रोजेक्टका लागि हो।’

उनी अधिकांश फिल्ममा सोझी गाउँले युवतीको भूमिकामा देखिन्छिन् तर वास्तविक जीवनमा उनी निकै बोल्ड छिन्। उनले आफ्ना बोल्ड तस्बिरहरु पनि बेलाबखत सार्वजनिक गरिरहन्छिन्। हालै उनले बोल्ड फोटो सुट गरेर तस्बिर सार्वजनिक गरेकी थिइन्। उनले यसअघि ‘जोली एलएलबी २’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन्।
 

Leave A Comment