किमको चिन्ता

बुधबार, ०१ साउन २०७६, १२ : ३८ शुक्रवार
किमको चिन्ता

ब्रेकअप र अफेयर्स बलिउडका लागि नौलो समाचार हैन। सेलिब्रिटीको ताल हेर्दा हलिउडका स्टार पनि माथ खान लागिसके रिलेसनसिप गसिपमा। सम्बन्धमा रहँदा अति सुमधुर सम्बन्ध हुन्छ भने ब्रेकअपपछि उत्तिकै खराब पनि।

यस मामिलामा नायिका किम शर्मा भने केही उदार देखिइन्। उनको हर्षवद्र्धन राणेसँग ब्रेकअप भएको धेरै समय भइसक्यो। ब्रेकअपपछि प्रेमी प्रेमिकाको सम्बन्धमा छैनन् उनीहरु तर राम्रो साथी भने अझै रहेछन्। अहिले किमले पनि त्यत्ति काम पाइरहेकी छैनन्। हर्षवद्र्धन पनि बेरोजगार समान छन्।

यस्तो बेलामा किम आफ्ना लागि नभई हर्षवद्र्धनका लागि कामको सिफारिस गर्दै हिँड्न थालेकी छन्। यो पनि अरुले भनेको हैन है उनै हर्षवद्र्धनले भनेका हुन्। प्रेम भनेको यस्तै हुनुपर्छ। सँगै हुँदा चाटाचाट छुट्टिएपछि काटाकाट पनि के सम्बन्ध ? हैन त ?
 

Leave A Comment