पध्रली अमाला

बुधबार, ०१ साउन २०७६, १२ : ५५ शुक्रवार
पध्रली अमाला

न्युड सिन भारतीय फिल्म नगरीका लागी नौलो भएन अब। प्रायः हरेक एक्ट्रेस जिब्रै टोक्नुपर्ने सिन दिन पनि राजी हुन थालेका छन्। यसमा थपिएकी छन्, तमिल एक्ट्रेस अमाला पाल।

रिलिजको तयारीमा रहेको फिल्म अदाईको ट्रेलर रिलिज भएपछि त्यसमा उनको न्युड सिन रहेको खुल्यो। फिल्ममा उनले बलात्कृत युवतीको रोल निभाएकी छन्। उनले न्युड सिन खिच्दाको सकस हालै ‘द हिन्दु’सँग सेयर गरेकी छिन्।

उनका अनुसार न्युड सिन खिच्दा सेटमा १५ जना थिए। उनले त्यो बेला आफूलाई १५ जना श्रीमान् भएको महिला (पध्रली) भएको अनुभव गरेको बताएकी छन्। भारतीय फिल्म क्षेत्रका नामी फिल्ममेकर अनुराग कश्यपले नै फिल्मको टिजर सेयर गर्दै उनको अभिनयको प्रशंसा गरेपछि उनी मक्ख छिन् अहिले।
 

Leave A Comment