किमको दुख

बुधबार, ०१ साउन २०७६, ०१ : ०६ शुक्रवार
किमको दुख

एकाएक बजारमा हल्ला आयो ३८ वर्षीया किम कार्दसियनले गाला राउन्डका लागि तयार पारिएको ड्रेस फिट होस् भनेर सर्जनी गरिन्। मेमा भएको गाला राउन्डमा सिलिकन र सिल्कले बनेको र क्रिस्टलले ढाकिएको ड्रेस उनका लागि तयार पारिएको थियो।

उनलाई त्यो ड्रेसले दिनुसम्मको दुःख दिएको रहेछ। ज्यानमा फिट हुनै समस्या भएछ अनि ज्यादै दुखाएछ पनि। त्यो ड्रेस लगाएर हिँड्दा उनको छातिमा पीडा भएछ अनि सास फेर्नसमेत सकस भएछ।

आफूले सकस ब्यहोरेर पनि गाला राउन्डमा हिँडेको तर उल्टो नानाभाँती कमेन्ट आएको भन्दै उनले चित्त दुखाइन्। यस्तै हो, सेलिब्रिटी भएपछि हल्का कमेन्ट त सहनै प-यो नि !

Leave A Comment