निरीह भइन् सेरेना

आइतबार, ०५ साउन २०७६, १२ : ५९ शुक्रवार
निरीह भइन् सेरेना

अमेरिकी खेलाडी सेरेना विलियम्सलाई छक्क पार्दै यो वर्षको विल्बडनको उपाधि रोमानियाकी टेनिस खेलाडी सिमोना हालेपले जितिन्। यो उनको पहिलो विल्बल्डन उपाधि हो। उनले यस अगाडि एउटा ग्राण्डस्लाम उपाधि जितेकी थिइन्।

प्रतियोगितामा सिमोनाले सेरेनालाई सिधा सेट ६–२, ६–२ ले जितेकी थिइन्। उनले ५६ मिनेटमै उपाधि आफ्नो पोल्टामा ल्याइन्। उनी २७ वर्षकी भइन्। यस अगाडि उनले फ्रेन्च ओपन जितेकी थिइन्। उनी विल्बल्डन जित्ने पहिलो रोमानियाली खेलाडीसमेत हुन्।

प्रतियोगितामा उपाधिको दाबेदार मानिएकी सेरेना निक्कै कमजोर देखिएकी थिइन्। उनले यो उपाधि पाएको भए २४ औं हुन्थ्यो। तर उनी सिमोनाको अगाडि निरीह देखिइन्। उनी ३७ वर्षकी भइन्। १२ महिनाभित्र फाइनलमा पुगेर हारेको यो तेस्रो उपाधि हो।

Leave A Comment