काजलको मस्ती

बुधबार, ०८ साउन २०७६, १० : ५४ शुक्रवार
काजलको मस्ती

‘सिंघम’बाट बलिउडमा परिचित काजल अग्रवालले हालै स्विमिङ पुलमा मस्ती गरिरहेको तस्बिर बाहिरिएको छ। उनको तस्बिर चुहिने अनि भाइरल नहुने त कुरै भएन !

स्विमिङ पुलमा पानीसँग खेल्दै गरेको फोटोसुट भए पनि उनी स्विमिङ कस्ट्युममा भने छैनन्। सेतो कपडामा उनी निक्कै सुन्दर देखिएकी छन्।

उनी प्रायः तेलेगु चलचित्रमा अभिनय गर्दै आएकी छन्। पछिल्लो समय भने उनी हिन्दी र तमिल भाषाको फिल्ममा समेत अभिनय गर्न थालेकी छन्।

उनको पहिलो बलिउड फिल्म ‘क्युँ हो गया ना’ थियो। तर धेरैले उनलाई ‘सिंघम’मा नोटिस गरेका थिए। यसअघि एफएचएम म्यागजिनमा टप न्युड फोटो खिचाउँदा उनी विवादमा तानिएकी थिइन्।

Leave A Comment