श्रद्धाको बिहे चर्चा

बुधबार, ०८ साउन २०७६, १२ : ५४ शुक्रवार
श्रद्धाको बिहे चर्चा

बलिउडमा जमिरहेका नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठसँग अफेयर्स र विवाहको चर्चापछि श्रद्धा कपुर चर्चामा छिन्। यी दुवैजना पटक–पटक सँगै देखिएका पनि छन्।

आफ्नो सम्बन्धबारे भने यी दुवै चुप नै छन्। बेलाबखत रोहनसँग विवाह हुन लागेको चर्चा हुन्छ र सेलाइ पनि हाल्छ। बीचमा उनको विवाहको कुरा सेलाइसकेको थियो तर फेरि एकाएक दुवैले विवाह गर्न लागेको चर्चा बढेको छ।

कतिसम्म भने उनको बाबुले त मिडियाले छोरीको विवाह गरिदिएको तर आफूलाई चैँ निम्तै नआएको भनेर सटायर पनि हानिसके तर उनको विवाहको चर्चा थामिने संकेत भने छैन।

Leave A Comment