क्यामिलाको जादु

बुधबार, ०८ साउन २०७६, ०२ : ३३ शुक्रवार
क्यामिलाको जादु

गायिका क्यामिला कबालो र सोन म्यान्डेस लामो समय बेस्टफ्रेन्डको रुपमा देखिए। उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिन निक्कै सचेत हुन्थे आफ्नो सम्बन्धबारे।

हालै सान फ्रान्सिस्कोको एक क्याफे अगाडि यी दुवैको तस्बिर सार्वजनिक भयो। जसले अब यी दुवै बेस्ट फ्रेन्ड मात्रै नरहेको देखायो। क्याफेअगाडि क्यामिलाले निकै प्रेमपूर्वक आफ्नो टाउको म्यान्डेसको छातीमा राखेकी थिइन्। जब उनीहरु डिनर टेबलमा पुगे, एकअर्कालाई मायालु पाराले चुम्बन गर्न थाले।

क्यामिला यस अगाडि ब्रिटिस कोच म्याथु असीसँग अफेयर्समा थिइन्। केही समय अगाडि यी दुवैको ब्रेकअपको खबर बाहिरिएको थियो। ब्रेकअपको खबर बाहिरिनु अनि म्यान्डेससँग लसपस देखिनुले क्यामिला र म्यान्डेसबीच प्रेम टुसाइरहेको बुझ्न बाँकी प्रमाण किन खोज्नुप-र्यो र ?
 

Leave A Comment