ससुरो न्युडिस्ट परेपछि...

शनिबार, ११ साउन २०७६, ०१ : १७ शुक्रवार
ससुरो न्युडिस्ट परेपछि...

पश्चिमा संसारमा न्युडिस्ट एउटा लोकप्रिय व्यवहार हो तर सबै पश्चिमाले यसलाई रुचाउँछन् भन्ने छैन। यहाँ बताइदिई हालौँ, न्युडिस्ट भनेको नागाबाबा भनेजस्तै हो। उनीहरु नाङ्गै हिँड्न, बस्न रुचाउँछन्।

हालै रेडिट डटकममा सेयर गरिएको एउटा कथा भाइल बन्न पुगेको छ। कथा एक जना महिलाले सेयर गरेकी हुन्। उनले लेखेकी छन्, ‘एक दिन मेरा बूढाले ससुरा चिनाउन गाउँ लगे। म उनीहरुको गाउँ पहिलो पटक जाँदै थिए तर समस्या के प-यो भने ससुरो त न्युडिस्ट परेछ !’

‘घरभित्र छिरेकी मात्र के थिएँ, सिधै नाङ्गो ससुरोलाई देखेँ,’ उनले लेखेकी छन्, ‘सुरुमै त्यस्तो दृश्य देखेपछि मलाई त भाउन्न भएर आयो।’
उनले लेखेकी छन्, ‘अब बुहारी आएको पनि उनलाई मतलब छैन, लुङ्गी बेर्नु पनि छैन। यता र उता ग-यो छ, मलाई त बहुतै गाह्रो भयो।’

यसपछि उनले दिक्क भएर पतिलाई गुनासो गरिछन्, ‘यो त अत्ति भयो। तिमीले मलाई पहिल्यै यस्ता कुराको जानकारी दिनुपथ्र्यो ! मलाई साह्रै गाह्रो भइरहेको छ, नाङ्गो ससुरो पचाउन !’

तर पतिले पनि गुनासोलाई खासै महत्व दिएनन्। उनले भने, ‘अब बुबाले यत्तिका वर्ष नाङ्गै बसे, तिम्रा लागि मात्रै लुङ्गी बेर्ने कुरा भएन क्यार ! अब केही दिन सहनू !’

आफ्नै लोग्नेको कानमा बतास नपरेपछि उनले स्वयं ससुरासँग सल्लाह गर्ने निधो गरिन् र भनिन् पनि, ‘तपाईंको नग्न नृत्यले मलाई बडो अप्ठेरोमा पार्ने गरेको छ। यसो टवेल भए पनि बेर्नु भए हुन्थ्यो ! मलाई यी सब गतिविधि पचाउन गाह्रो भयो।’

बुहारीको समस्या बुझ्नुको साटो बूढा त जङ्गिएछन्, ‘यो मेरो घर हो, म जे गरौँ तिम्लाई केको चासो ? मेरो यो स्वरुप मन पर्दैन भने किन आएको त ?’

बुहारीलाई त झनक्क रिस उठ्यो। बिहेअघि नै ससुरो न्युडिस्ट हुन् भन्ने थाहा भएको भए कुरा अर्कै हुन्थ्यो। अचानक आइपरेको यस्तो अवस्थालाई गुनासोबाहेक अरु के गर्न सकिन्थ्यो र !

उल्टै लोग्नेले पनि भनेछन्, ‘तिमी बढ्तै प्रतिक्रिया दिइरहेकी छ्यौ। अब एक दुई दिनका लागि बुबालाई बानी परिवर्तन गराउन के दबाब दिएकी हौली ?’

लोग्नेले सहयोग गर्ला कि भनेको त उल्टै बढी प्रतिक्रियावादी भएको आरोप लगाएपछि भने उनको चित्त कुँडियो।
यसपछि भने लोग्नेलाई तत्कालै छाडेर उनी अमेरिकाको क्यालिफोर्निया फर्किइन्।
यतिबेला उनको लोग्ने बाबुसँगै छन्।

अब यसमा को गलत ? को सही ? यो खबर सार्वजनिक भएपछि केहीले रोचक प्रतिक्रिया दिएका छन्। एक जना लेख्छन्, ‘एक–दुई दिन लुगा लाउँदो हो त बूढो पक्कै मर्दैनथ्यो होला ! के जात्रा देखाएको नि ?’

कतिले चाहिँ यसमा पूरापूर भिलेन लोग्ने नै रहेको बताएका छन्। एक जनाले भनेकी छन्, ‘तिम्रो लाग्ने त साँच्चिकै बेकामे रै’छ। कम्तीमा पहिल्यै बाउ न्युडिस्ट हो, तिम्लाई गाह्रो पर्न सक्छ भन्दिएको भए तिमीलाई गाह्रो पर्ने त थिएन ! कस्तो एस् होल् रै’छ !’

केहीले भने स्वास्नीले अति सचेत भएको प्रतिक्रिया दिएका छन्। ‘अरे यार तिमी ऊ नाङ्गिएकोमा किन यति धेरै बिच्किएकी ? उसले तिमीलाई कुनै कुटपिट या आशयकरणी त गरेको होइन नि ? यातना गृहमा तिमीलाई थुनेको त होइन नि ? जाबो लिङ्गसँग के डराएकी ? जबकि मान्छेका लागि खतरनाक चिज लिङ्गभन्दा बन्दुक, तरबार र धर्म हुन्। तीबाट जोगिने कोसिस गर !’

अब तपाईं आफैँ भन्नुस्, तपाईं चाहिँ कसको पक्षमा हुनुहुन्छ ? न्युडिस्टको कि नयाँ बुहारीको ?

Leave A Comment