अभिमन्युको भाग्य

बुधबार, १५ साउन २०७६, १२ : ४० शुक्रवार
अभिमन्युको भाग्य

‘मैने प्यार किया’की हिरोइन भाग्यश्री त्यसै हराइन् बलिउडमा। सलमान खानको जोडीको रुपमा देखिएकी उनको अर्को सानदार फिल्म आउन सकेन। उनले धमाकेदार इन्ट्रीको प्रयास नगरेकी हैनन् तर फापेन।

उनलाई बलिउड नफापे पनि उनका छोरा अभिमन्यु दासनीको स्टार्टिङ भने दमदार भयो, ‘मर्दको दर्द नहीँ होता’ मार्फत्।

क्रिटिक्सबाट राम्रो समीक्षा पाए पनि डेब्यु फिल्मले हलमा कमाल गर्न नसक्दा उनको करिअर सुस्तसुस्त भएको थियो। यतिबेला उनी भने सबिर खानको नजरमा परेका छन्। बलिउडका धाँसु निर्देशक खानले उनलाई लिएर ‘निकम्मा’ बनाउने भएका छन्।

उनै खानले टाइर श्राफलाई डेब्यु गराएका थिए। अहिले टाइगरको करिअर राम्रो छ। खानको साथले अभिमन्युको सुस्त भएको करिअरको गाडी कतै दौडिहाल्ला कि !!
 

Leave A Comment