कश्मीरा अब निर्देशक

बुधबार, १५ साउन २०७६, ०१ : ०५ शुक्रवार
कश्मीरा अब निर्देशक

एक पटक बलिउड बम ठानिने  नायिका कश्मीरा शाहको अभिनेत्री यात्रा त्यत्ति चलेन। सेक्सी लुक्स र उदार छवि भए पनि उनको बलिउड यात्रा त्यत्ति लामो रहेन।

कमेडियन कृष्णा अभिषेकसँगको अफेयर्सले समेत उनी अल्मलिइन्। तर अब भने उनी अल्मलिने मूडमा छैनन्। यतिबेला उनी बलिउडमा धमाकेदार कमब्याकको तयारीमा छिन् तर कलाकारको रुपमा हैन, निर्देशकको रुपमा।

उनले ‘मर्ने भि दो याराेँ’ मार्फत् निर्देशन विधामा आफ्नो भाग्य परीक्षा गर्ने तयारी गरेकी हुन्। फिल्मको एउटा गीत रिलिजसमेत भइसक्यो। कान्समा उनले फिल्मको फस्ट लुक सार्वजनिक गरे पनि यो फिल्ममा कोको छन् सस्पेन्समै राखेकी छन्।
 

Leave A Comment