रिसाइन् तपसी

बुधबार, १५ साउन २०७६, ०१ : १८ शुक्रवार
रिसाइन् तपसी

कंगना रनौत सामाजिक सञ्जालमा छैनन्, तर उनी नभए पनि उनको अभाव उनको बहिनीले पूरा गरिदिन्छिन्। उनकी बहिनी एकपछि अर्को विवादित टुइट गर्दै आएकी छन्। यही मेसोमा उनले यसपालि बलिउड नायिका तपसी पन्नुमाथि आक्रमण गरिन्, ‘सस्तो कपी’ भन्दै। उनले संकेत गरेको चैँ पन्नुको कर्ली कपालमाथि रहेछ।

कंगनाको कपाल पनि कर्ली छ अनि पन्नुको पनि। उनले आफ्नी दिदीको नक्कल गरेको झैँ गरेर पन्नुमाथि टिप्पणी गरेपछि पन्नु चुप लागेर बसिनन्। उनले पनि मुखभरीको जवाफ फर्काइन्, ‘म कुनै नाता सम्बन्धका आधारमा फिल्म इन्डस्ट्रिमा आएको हैन, म पनि स्ट्रगलै गरेर आएकी हुँ। अब मेरो नेचुर कपाल कसैलाई कपी लाग्छ भने त्यो मेरो हैन उसैको समस्या हो।’
 

Leave A Comment