सोफियाको प्रेम

बुधबार, १५ साउन २०७६, ०३ : १९ शुक्रवार
सोफियाको प्रेम

कोटर्नी कार्दसियनसँग ब्रेकअपपछि स्कट डिसिक अहिले अमेरिकी मोडल सोफिया रिचीसँग अफेयर्समा छन्। सोफिया हालै काइली जेनरसँगको ‘गल्र्स ट्रिप’ सकेर फर्किइन्।

समुद्र किनारमा बिकिनी अवतारका सोफियाको सेक्सी फोटोहरु सार्वजनिक भइरहे। यसअघि यस्तो बेला स्कट पनि आफ्ना साथीहरुसँगै ह्याङ आउट हुन घरबाट हिँडिहाल्थे। तर यसपालि उनी कुल भएर घरमै बसे, कतै गएनन्।

सोफियाका उत्तेजक तस्बिरहरु देखेर उनले कुनै नेगेटिभ कमेन्ट समेत गरेनन्। यसले कोटर्नीसँगको ब्रेकअपपछि उनको स्वभाव सुधारिएको देखियो।

Leave A Comment