गतिछाडा जोडी दण्डित

बिहिबार, २० साउन २०७३, ०९ : ५१ शुक्रवार , Kathmandu
गतिछाडा जोडी दण्डित

व्यस्त सडकछेउ खुलेआम सेक्सको मज्जा लुट्ने मनमौजी एक जोडीलाई सार्वजनिक रूपमा माफी माग्न लगाइएको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक रूपमा अवाञ्छित गतिविधि गरेको भन्दै उनीहरूलाई माफी माग्न लगाइएको हो ।
सडकछेउ सेक्स गर्दै गरेका उनीहरूको भिडियो खिचेर बटुवाहरूले अनलाइनमा राखिदिएका थिए । भिडियो भाइरल भएपछि थाई प्रहरीले उनीहरूको खोजी गरेको थियो । प्रहरीले आफूहरूको खोजी गरेको थाहा पाएपछि उनीहरूले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
घटनामा संलग्न युवक २४ वर्षीय आइरिस नागरिक रहेको र महिला २१ वर्षीया अमेरिकी नागरिक रहेको समाचारमा जनाइएको छ ।
‘हामी त्यतिबेला रक्सीले मस्तसँग मातेका थियौँ । नशाको धुनमा सार्वजनिक ठाउँमा जथाभावी गरिएछ । यसका लागि माफी चाहन्छौँ,’ उनीहरूले भने । सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि गरेको भन्दै प्रहरीले उनीहरूलाई जनही ४३ पाउन्ड जरिवाना तिराएको छ ।

Leave A Comment