इभाको संन्यास

शनिबार, १८ साउन २०७६, ०२ : ४४ शुक्रवार
इभाको संन्यास

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड लिजेन्ड प्याट्रिक इभ्राले फुटबलबाट संन्यास घोषणा गरेका छन्। फ्रान्सका ३८ वर्षे डिफेन्डर इभ्राले २० वर्षे फुटबल करियरबाट संन्यास घोषणा गरेका हुन्। खेल जीवनमा उनले विभिन्न क्लबबाट २१ मुख्य उपाधि जितेका छन्।

इभ्रा फ्रेन्च क्लब मोनाकोबाट सन् २००६ मा म्यानचेस्टर युनाइटेड आएका थिए। युनाइटेडबाट उनले २७३ खेलमा ३ गोल गरेका थिए। इभ्राले युनाइटेडबाट पाँच प्रिमियर लिग, पाँच कम्युनिटी शिल्ड, एक च्याम्पियन्स लिग र तीन लिग कप जितेका थिए।

इभ्रा सन् २०१४ मा इटालियन क्लब युभेन्ट्स गएका थिए। त्यहाँ उनले २ पटक इटालियन सिरी ए जितेका थिए। युभेन्ट्सबाट इभ्रा सन् २०१७ मा फ्रेन्च क्लब मार्सेली आएका थिए। उनले अब आफू प्रशिक्षकको रुपमा काम गर्न इच्छुक भनेको बताएका छन्।

Leave A Comment