खेल्दाखेल्दै ज्यान गयो

शनिबार, १८ साउन २०७६, ०२ : ५७ शुक्रवार
खेल्दाखेल्दै ज्यान गयो

खेलका क्रममा घाइते भएका दुई बक्सिङ खेलाडीको ज्यान गयो। खेलका क्रममा गम्भीर घाइते भएका अर्जेन्टिनाका मुक्केबाज ह्युगो सान्टिलन र रुसी मुक्केबाज म्याक्सिम दादासेभको मृत्यु भएको हो। यी दुवै खेलमा घाइते भएका थिए।

मुक्केबाज सान्टिलन गत शनिबार डब्लुबीसी ल्याटिनो सिल्भर लाइटवेट उपाधि भिडन्तका क्रममा घाइते भए। २३ वर्षीय सान्टिलनको टाउकोमा गम्भीर चोट लागेको थियो। टाउकोमा चोट लागेपछि उनी अचेत भई रिङमै ढले। उनलाई उपचारका लागि अस्पताल पु-याइए पनि ज्यान जोगिएन।

सान्टिलनले सन् २०१५ देखि बक्सिङदेखि बक्सिङ खेल्न थालेका हुन्। यसबीचमा उनले २७ वटा भिडन्तमा भाग लिएका थिए। तीमध्ये १९ खेलमा उनले जित हात पारेका थिए।

विपक्षीको प्रहारबाट गम्भीररूपमा घाइते भएका २८ वर्षीय रुसी मुक्केबाज दादासेभको उपचारका क्रममा निधन भएको थियो। मेरिल्यान्डमा भएको आईबीएफ लाइट वेल्टरवेट भिडन्तका क्रममा प्रतिद्वन्द्वी सब्रियल माटियसको शक्तिशाली प्रहार दादासेभको टाउकोमा लागेको थियो। प्रहारबाट अचेत भई दादासेभ रिङमै ढलेका थिए।

Leave A Comment