उर्वशीको आक्रोश

बुधबार, २२ साउन २०७६, १२ : १२ शुक्रवार
उर्वशीको आक्रोश

क्रिकेटर हार्दिक पाण्डेयसँग चक्कर चलेको भन्दै बलिउड नायिका उर्वशी रौतेलाको नाम फेरि जोडियो। उनले क्रिकेट वल्र्डकप हेर्न टिकट मिलाइदिन हार्दिकलाई आग्रह गरेको भन्दै एक युट्युब च्यानलले दाबी गरेको थियो।

हुन त धेरै अगाडिदेखि नै यी दुवैको नाम जोडिदै आएको थियो। बप्चमा ब्रेकअपको हल्ला पनि आयो। यी सबैमा उर्वशी मौन नै बसेकी थिइन् तर टिकट मिलाइदिन भनेको सुनेपछि उनको पारो तातेछ। निक्कै रिसाइन् उनी। उनले च्यानल शेयर गर्दै ‘यस्ता वाहियात कुरा नराख्न’ आग्रह गर्दै भनिन्, ‘मेरो अनुरोध छ, यस्तो हावादारी कुरा नराख्नुस्, तपाईंहरुका लागि एकछिनको रमाइलो होला तर यस्ता कुराले मलाई समस्यामा पार्छ। मैले मेरो परिवारलाई र मेरो परिवारले समाजलाई जवाफ दिनुपर्छ।’

हार्दिकको भाइको पार्टीमा भेट भएपछि उर्वशी र पाण्डेयबीच दोस्ती भएको र दोस्ती प्रेममा बदलिएको दाबी गरिँदैआएको थियो। तर उनको आक्रोश हेर्दा यी दुईबीच प्रेमको चक्कर केवल गसिप मात्र देखियो।

Leave A Comment