फँसिन् जाहन्वी

बुधबार, २२ साउन २०७६, १२ : ४७ शुक्रवार
फँसिन् जाहन्वी

एकै पटक दुई फिल्म साइन गर्दा जाह्न्वी कपुर बडो संकटमा परिन्। एउटामा तौल बढाउनुपर्ने, अर्कोमा घटाउनुपर्ने। कता कुन फिल्मको सुटिङ पर्ने हो, हैरान। बलिउड फिल्म ‘धडक’बाट डेब्यु गरेकी यी सुन्दरीको डिमान्ड राम्रो छ अहिले।

आमा श्रीदेवीको झलक आउँदा पनि उनको मार्केट बढेकै छ। उनी अहिले ‘रुफीअफ्जा’ र आइएफए पाइलट गुञ्जन सक्सेनाको बायोपिकको तयारीमा छिन्। ‘रुफीअफ्जा’मा तौल घटाउनुपर्ने छ, अर्कोमा बढाउने।

बायोपिकका लागि उनले ६ किलो तौल बढाइन्। उनको पिठ्यूँमा चोट लागेकाले हेवी एक्सरसाइज पनि गर्न हुन्न। यस्तो बेला भात खाउँ कि थाल खाउँ हुने नै भयो।

Leave A Comment