कायल पार्दै काइली

बुधबार, २२ साउन २०७६, ०२ : १६ शुक्रवार
कायल पार्दै काइली

स्किन टाइट लेदर पेन्टका साथ नाइट आउटमा निस्किएकी काइली जेनरको लुक्स भाइरल हुने नै भयो। भयो पनि त्यस्तै। आफ्नो गल्र्स ग्याङसँग नाइट आउटका लागि निस्किएकी उनको ड्रेस सेन्सबारे अहिले खुलेर तारिफ भइरहेको छ।

उनले कालो हाफ सोल्डर टिसर्टसँगै ब्ल्याक लेदर प्यान्ट लगाएकी थिइन् जो टाइट थियो। तर उनको सौन्दर्य निकै खुलेको थियो, सो ड्रेसअपमा। ग्रिन हाई हिल म्याच गरेकै थियो।

जोर्डन वड्ससँगको ब्रेकअपपछि हिजोआज उनी आफ्नै लेडिज सर्कलमा बढी रमाउन थालेकी छन्। उनी सोफिया रिचीसँग निक्कै निकट देखिएकी छिन् र यी दुवैको दोस्ती लामै जाने धेरैको अनुमान छ।
 

Leave A Comment