सात वर्षे केटाको ५२६ दाँत

शनिबार, २५ साउन २०७६, ११ : ३३ शुक्रवार
सात वर्षे केटाको ५२६ दाँत

भारतका एक जना सात वर्षे बालकको मुखमा ५२६ वटा दाँतका टुक्रा फेला परेको छ। बच्चोले दाँत असाध्य दुखेको गुनासो गरेपछि उसका अभिभावकले अस्पताल पु-याएका थिए। जसै चिकित्सकहरुले बच्चोको मुखको एक्स रे गरे, चकित परे किनभने त्यहाँ सामान्य रुपमा बच्चाहरुको दाँत थिएन। पाँच सयभन्दा बढी दाँत लाइन लागेका थिए।

यो बबुरो बालकले भने दुई वर्षको उमेरदेखि दाँत दुख्यो भनेर गुनासो गरिरहेको अभिभावकहरुले बताएका छन्। ‘अब भर्खरै दाँत आएकाले अप्ठेरो भएको होला भनेर ध्यान दिएनौँ तर बढी दाँत भएर पो दुःख पाएको रहेछ !’ बालकका अभिभावकले प्रतिक्रिया दिएका छन्।

यतिबेला भने दाँतको तल्लो बङ्गारामा दुखेको र खान अप्ठेरो परेको भन्दै अभिभावकले बच्चोलाई अस्पताल लगेका थिए।

‘पाँच बाई तीन सेन्टीमिटरका दाँतहरुको लाइन देखेर हामी त चकित नै प-यौँ,’ अस्पतालका दन्त चिकित्सक सेथिल नाथनले भने, ‘अनावश्यक रुपमा आएका ती दाँतलाई निकालेर हामीले आवश्यक दाँत मात्र राखिदिएका छौँ। अब उसले गुनासो गर्ने छैन।’

यस किसिमको दाँतको अवस्थालाई ओडोनटमा भनिन्छ। यसअघि  २०१४ मा भारतकै मुम्बईमा पनि एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो।

Leave A Comment