भेजविरोधी प्रदर्शन

शनिबार, २५ साउन २०७६, ११ : ५० शुक्रवार
भेजविरोधी प्रदर्शन

तपाईंले मासुविरोधी प्रदर्शन त देख्नु भएको होला ताकि मानिसहरु मासुतर्फ बढी नै आशक्त नहोऊन्। मासुप्रतिको आशक्तिका कारण सर्वसाधारणले निर्दोष जनावर मारिरहेका छन् भन्ने तिनको तर्क हुने गर्छ।

यतिबेला मासुविरोधीहरुलाई लक्षित गर्दै र मासुको पक्षमा एक जनाले अनौठो क्रियाकलाप गरेका छन्। उनले भेजविरोधी प्रदर्शनी गरेका छन्। यो विरोध प्रदर्शनीमा उनले एउटा लोखर्कीलाई ज्यूँदै टोकेर त्यसको काँचो मासु खाँदै मांश भक्षणको पक्षमा प्रदर्शन गरेका हुन्।

उनले एउटा खाद्यान्न स्टोर अघिल्तिर सो विरोध प्रदर्शन गरेका हुन् तर विरोध प्रदर्शन हिंस्रक भएको र यो प्रदर्शनका कारण बालबालिकाहरु तर्सिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ।

बेलायतको राजधानी लण्डनस्थित सोहोमा प्रदर्शन गर्ने २२ वर्षीया डियोनिसी ख्लेब्निकोभ र २९ वर्षे गेटिस लाजडिन्सलाई प्रहरीले पक्राउ गरेको हो।

सोहो भेजन फुड मार्केटको विरोधमा यी दुईले प्रदर्शनी गरेको बताएका छन्। सो प्रदर्शनीले बालबालिका डराएको भन्दै सर्वसाधारणले प्रहरीलाई उजुरी गरेपछि यी दुईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस विरोध प्रदर्शनीको भिडियो फुटेजमा एउटाले लोखर्केको घाँटीमा हतकडी लगाएको, लोखर्के मरेको पाएको छ। सोही मरेको लोखर्केको मासु कोतरेर खाँदै भेज स्टोरको विरोध गरेका हुन्। यिनलाई जनावरप्रति अत्याचार गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।

यी दुईलाई प्रहरीले के कार्बाही गर्ने हो भनी चासोपूर्वक सर्वसाधारणले हेरेको स्काई न्युजले जनाएको छ।
 

Leave A Comment