जेलबाट भाग्न छोरीको रुप

शनिबार, २५ साउन २०७६, ११ : ५९ शुक्रवार
जेलबाट भाग्न छोरीको रुप

ब्राजिलमा लागु औषध दुरुपयोग अपराधमा पक्राउ परेका ड्रग माफियाले जेलबाट भाग्न अनौठो काइदा अपनाएका छन्। उनले छोरीकै जस्तो अनुहारको मास्क बनाए, हाउभाउ र गतिविधि देखाए र निस्कन ठीक परे।

गएको शनिबार उनी जेलबाट निस्कन ठीक परेका बेला भने सफल भने हुन सकेनन्। महिनौँदेखि उनलाई जेलमा भेट्न आउने छोरीलाई के गर्ने र कसो गर्ने भनी सिकाइरहेका उनी छोरीलाई आफ्नो ठाउँमा जेलमा राखेर आफू भने छोरी बनेर भाग्न ठीक परेका थिए।

४२ वर्षीय लागु औषध कारोबारी क्लाउभिनो डा सिल्भा ब्राजिलको रियो दि जेनेरियोस्थित मुख्य जेलबाट सिलिकन मास्क, विग, कालो ब्रा र कसिलो टी सर्ट लगाएर टाप कस्न खोजेका थिए।

डा सिल्भाले ७३ वर्ष लामो जेल सजाय पाएका थिए। जेलबाट भाग्नका लागि उनले आफ्नी १९ वर्षीया छोरीलाई जेलमै सडाउने योजना बुनेका थिए।

जेलका सुरक्षाकर्मीले भाग्दाभाग्दैका बेलामा छोरी बनेका डि सिल्भासँग तिमी को हौ भनी सोधे। जवाफमा सिल्भाले छोरीको नाउँ लिए। त्यसपछि छोरीको परिचयपत्र मागे। परिचयपत्रतर्फ ध्यानै नगएको हुनाले उनलाई सुरक्षाकर्मीले जेल प्रशासनलाई बुझाइदिए। जेल प्रशासनले जाँच गरी हेर्दा उनी स्त्री नभई पुरुष भएको पत्तो लगाएको थियो। त्यसका लागि उनलाई लुगा खोल्न अह्राइएको थियो।

हालै जेल प्रशासनले उनी भाग्न लागेको भिडियो फुटेज सार्वजनिक गरेको छ। जसमा सिलिकन मास्क र छोरीका लत्ता कपडा लगाएर स्त्री बनेको स्पष्ट देखिएको छ।

यो जेलबाट भाग्न खोज्ने डि सिल्भा मात्र होइनन्। यसअघि पनि ३१ जनाले पनि प्रयास पनि गरिसकेका छन्। बाउलाई रिहा गराउने षडयन्त्रमा संलग्न भएको अपराधमा छोरीसँगै अन्य आठ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

रियो दि जेनेरियो शहरमा रेड कमान्ड नामक खतरनाक संस्थाले लागु औषधसँगै अन्य आपराधिक क्रियाकलापलाई अञ्जाम दिने गरेको समाचारमा जनाइएको छ।

Leave A Comment