२३ लाख फ्याँक्ने मानिस

शनिबार, २५ साउन २०७६, १२ : १२ शुक्रवार
२३ लाख फ्याँक्ने मानिस

एउटा पुरानो जुत्ता फ्याँक्नका लागि रद्दीको टोकरीछेउ राखिएको थियो। फोहोर लिन आउने मानिसले त्यो जुत्ता फोहोरको चाङ राखिएको ट्रकमा जुत्ता फ्याँकिदियो।

यसपछि अन्य फोहोरसँगै त्यो जुत्ता पनि फोहोर पुनःनवीकरण स्थलमा पुग्यो। एक जना कामदारले जुत्ता पुरानै भए पनि आफूलाई ठीक हुने ठानेर हुलबाट निकाल्यो र गोडा छिरायो तर छिरेन।

जुत्ताभित्र के रहेछ त भनेर खोतली हेर्दा दुवै जुत्ताभित्र मोज्जा र त्यो मोज्जाभित्र २३ हजार डलर पोको परेको फेला प-यो। जुत्ता खोज्दा हजारौँ डलर नै फेला परेपछि फोहोरभित्र मोहोर रै’छ भन्दै ती सफाई कर्मचारीले हल्ला के गरेका थिए, उनलाई त्यत्रो रुपैयाँ कसको होला भनेर चिन्ताले सताइहाल्यो।

अमेरिकाको ओरेगन राज्यको एसल्यान्डस्थित हमबोल्ट काउन्टीमा तत्काल हल्ला मच्चिहाल्यो। २०० किलोमिटर यात्रा गरेर फोहोर फ्याँक्ने ठाउँमा आइपुगेको यो जुत्तालाई पछि जुत्ताधनीकहाँ पु-याइएको समाचारमा जनाइएको छ।

नाम नखुलाइएका जुत्ता धनीले भनेका छन्, ‘मेरो त जीवनभरको कमाई र बुढेशकालका लागि लुकाएर राखेको थिएँ, झन्नै सत्यनाश भएछ !’

केहीले भने यो खबर सार्वजनिक भएपछि टिप्पणी गर्न भ्याइहाले, ‘आफ्नालाई विश्वास गर्ने वातावरण नभएपछि यस्तै हाल हुन्छ !’

Leave A Comment