नाट्य संस्था अनामको मुद्दा फैसला

बिहिबार, २० साउन २०७३, १० : ०६ शुक्रवार , Kathmandu
नाट्य संस्था अनामको मुद्दा फैसला

धरानको पुरानो नाट्य संस्था अनामका पदाधिकारी र कार्यकारी निर्देशकबीचको मुद्दामा सुनसरी जिल्ला अदालतले पदाधिकारीका पक्षमा फैसला सुनाएको छ ।
सन् २०१२ मा आरडीआईएफको आर्थिक सहयोगमा अनामले ५८ लाख बराबरको अधिकार, लोकतन्त्र, समावेशीकरण परियोजना सञ्चालन गरेको थियो । सोही विषयमा परियोजनाका कार्यकारी निर्देशक राजेन्द्र रिमाल र अनाम पदाधिकारीबीच लामो समयसम्म विवाद चलेको थियो ।
अनाम पदाधिकारीहरूले कार्यकारी निर्देशक रिमालले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेपछि रिमालले अनामका अध्यक्ष विनोद श्रेष्ठ, कोषाध्यक्ष रमेश शाह र सदस्य हिमाल दाहालविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए । त्यसपछि अनाम पदाधिकारीले पनि रिमालले संस्थालाई ५ लाख ७२ हजार तिर्न बाँकी रहेको भन्दै लेनदेन मुद्दा हालेका थिए । करिब दुई वर्षसम्म चलेको मुद्दालाई जिल्ला अदालतका न्यायाधीश देवेन्द्रप्रसाद पौडेलको इजलासले असार २८ गते पूर्वअध्यक्ष रिमालको विपक्ष तथा वर्तमान पदाधिकारीको पक्षमा फैसला गरेको अनाम धरानले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आफूहरूले मुद्दा जितेकाले अब संस्थालाई व्यवस्थित बनाउने अध्यक्ष श्रेष्ठले बताए । उता रिमालले भने आफूले फैसला नहेरेकाले केही भन्न नसक्ने बताएका छन् ।

 

Leave A Comment