अमिरको छोरीको बोल्ड लुक्स

सोमबार, २७ साउन २०७६, ०२ : ५५ शुक्रवार
अमिरको छोरीको बोल्ड लुक्स

बलिउड नायक अमिर खानकी छोरी इरा खान त्यत्ति लाइम लाइटमा आउन रुचाउँदिनन्। उनी सोसल मिडियामा भने छिन् र राम्रै फलोअर्सहरु पनि छन्। उनी पनि एक्टिभ नै छिन् सामाजिक सञ्जालमा।

उनले अपलोड गर्ने तस्बिर नचाहे पनि चर्चामा आइहाल्छ। हालै उनले इन्स्टाग्राममा राखेको तस्बिरले उनलाई राम्रै लाइमलाइटमा राखिरहेको छ। तस्बिरमा उनी निकै बोल्ड लुक्समा देखिएकी छन्। उनको मुहारको भावभंगी कुनै प्रोफेसनल मोडलको भन्दा कम देखिएको छैन। उनले कपालमा रङविरङ्गी विग लगाएकी छन्।

नीलो रङको डेनिम सर्टमा उनी निक्कै बोल्ड देखिएकी छन्। त्यसमा पनि खास उनको बेली पियर्सिङले धेरैको ध्यान तानेको छ।
 

Leave A Comment