चुनाव बिथोल्न खोज्ने बाँदर

बिहिबार, २० साउन २०७३, १० : ०८ शुक्रवार , Kathmandu
चुनाव बिथोल्न खोज्ने बाँदर

थाइल्यान्डमा आगामी महिना प्रस्तावित संविधानमाथि जनमतसंग्रह हुँदै छ । यसका लागि मतदान केन्द्रमा निर्वाचन नामावली टाँस्ने, बुथ बनाउने, तुल टाँग्नेलगायत काम भइरहेका छन् । यस्तोमा उत्तरी थाइल्यन्डको एउटा मतदान केन्द्रमा एक हूल बाँदरले निर्वाचन बिथोल्ने खालका हर्कत निरन्तर गरिरहेको समाचार छ ।
समाचारमा जनाइएअनुसार बौद्ध गुम्बा छेउमा रहेको मतदान केन्द्रको तयारीलाई गुम्बाका बाँदरले बिथोल्ने गरेका छन् । ‘बाँदरहरू बढी नै आक्रामक भएका छन् । खै के कुरामा चित्त नबुझेको हो उनीहरूलाई,’ सो जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समाचारमा उद्धृत गरिएको छ । बाँदरहरूले मतदाता नामावली च्यात्ने, तल फ्याँक्नेलगायत काम निरन्तरजसो गरिरहेका छन् ।
‘उनीहरूलाई शान्त पार्न खानेकुरा दिने गरेका छौँ । तर, पनि उनीहरू मानिरहेका छैनन् । यस्तै अवस्था रह्यो भने नियन्त्रणका अन्य उपाय अपनाउनेछौँ,’ जिल्ला अधिकारीले भने ।

 

 

Leave A Comment