सलमानलाई दीपिकाको झापड

सोमबार, २७ साउन २०७६, ०३ : १४ शुक्रवार
सलमानलाई दीपिकाको झापड

बलिउड नायिका दीपिका पादुकोण केही समयदेखि डिप्रेसनविरुद्ध जनचेतना जगाउन सक्रिय छिन्। कुनै समय आफैँ डिप्रेसनको सिकार भएपछि उनी यतातिर लागेकी थिइन्। डिप्रेसन आफैँमा गम्भीर समस्या हो नै तर केही बलिउड हस्ती छन्, जसलाई यो गम्भीर समस्या पनि लक्जरी लाग्छ। त्यसमा अगाडि देखिए सलमान खान। खानले मजाकको पारामा एक कार्यक्रममा भनिदिए, ‘मलाई अहिलेसम्म डिप्रेसनमा पर्ने लक्जरी प्राप्त भएको छैन।’ यसले दीपिकाको पारो तात्ने नै भयो। उनले तिखो प्रतिक्रिया दिँदै भनिन्, ‘डिप्रेसनमा पर्नु कुनै छनोट होइन।’

उनी यत्तिमै रोकिइनन्। उनले कटाक्षमा थपिन्, ‘जब व्यक्तिसँग पैसा हुन्छ, फेम र नेम हुन्छ अनि परिवार हुन्छ, डिप्रेसन हुन्न भन्ने भ्रम छ।’

उनले यस्तो विषयलाई मजाक बनाउनेहरुले आफैँले बुझ्न नसकेको समेत टिप्पणी गरिन्। गम्भीर विषयलाई मजाक बनाउँदा सलमानले दह्रो जवाफ त पाए तर त्यसको उत्तर भने अझै आइसकेको छैन।
 

Leave A Comment