बाथ टबमा सारा

मङ्गलबार, २८ साउन २०७६, ०२ : ४३ शुक्रवार
बाथ टबमा सारा

भारतीय टेलिभिजनकी परिचित अनुहार सारा अली खान बाथ टबमा जग्ज अवस्थाको भिडियो सार्वजनिक भएलगत्तै भाइरल भयो। त्यो भिडियो भने पुरानै थियो। अहिले आएर सामाजिक सञ्जालमा छाएपछि उनी संकटमा परिन्।

बाथ टबमा नुहाइरहेको उनको त्यो भिजुअल अरुले हैन, उनकै बहिनी आर्याले इन्स्टाग्रामको स्टोरीमा सेयर गरिदिएकी थिइन्। राख्न त एक्कै छिन राखेकी थिइन् र डिलिट पनि गरिहालिन् तर त्यत्ति समयभित्रै भाइरल भइसकेको थियो।

पब्लिसिटीका लागि यस्तो हर्कत गरेको भन्दै उनको तीव्र आलोचना हुन थालेपछि साराले बहिनीले जिस्कदा जिस्कदै भिडियो सेयर हुन पुगेको र यसमा अन्य नियत केही नभएको दाबी गरिरहेकी छन्। ‘बहिनी र म मस्तिको मुडमा थियौँ। जिस्किरहेका थियौँ। उसले भिडियो खिचेर सेयरै गरिसकिछ। तत्काल डिलिट गरे पनि फैलिइसकेछ।’ यस्तै हो होश गुमाएपछि!
 

Leave A Comment