आलियाको बडीमा रणवीर ट्याटु

मङ्गलबार, २८ साउन २०७६, ०३ : ०५ शुक्रवार
आलियाको बडीमा रणवीर ट्याटु

रणवीर कपुर र आलिया भट्टको प्रेम अब रहस्यमा रहेन। यी दुवैले खुल्लमखुल्ला आफ्नो सम्बन्ध स्वीकार पनि गरसिके। त्यसैले त हिजोआज आलिया रणवीरबारे खुलेर कुरा गर्न हिच्किचाउँदिनन्। मज्जाले बोल्छिन्। केही दिन अगाडि एउटा भिडियोमा उनले आफ्नो ट्याटु शौखबारे बोलेकी थिइन्, जसमा उनले कुनै समय आफूले ट्याटु खोपे, त्यो रणवीरको नाम हुने खुलाइन्।

फुटबल खेल्दा प्रायः रणविरले जर्सी नम्बर ८ लगाउने गर्छन्। त्यसैले आफ्नो शरीरमा आठ नम्बरको ट्याटु बनाउनेबारे पनि सोचिरहेको उनले खुलाइन्। प्रेममा हुँदा खोपिने ट्याटुले ब्रेकअपपछि भने खुब दुःख दिन्छ। प्रेममा चुर्लुम्म भएको बेलामा खोपेको ट्याटु मेटाउन कतिपय सेलिब्रिटीलाई हम्मे नै परेकी थियो। त्यस्तो चैँ नहोस् है आलिया !
 

Leave A Comment