राखीको नौटंकी

मङ्गलबार, २८ साउन २०७६, ०३ : १४ शुक्रवार
राखीको नौटंकी

बलिउडकी कन्ट्रोभर्सी क्विन राखी सावन्त बेहुलीको भेषमा देखिएपछि धेरैले उनले विवाह गरेको भन्दै बधाई दिन थाले तर उनले अस्वीकार गरिन्।

उनको दाबी थियो, ‘यो त एउटा भिडियोको सुटिङको फोटो हो।’ तर झूटो कुरो कति टिक्थ्यो र ! टिकेन। उनले विवाह गरेकै रहिछन्। हनिमुनमा मस्ती गरिरहेको उनकै तस्बिरले पोल खोलिदियो।

उनले रितेश नाम गरेका एक गैर आवासीय भारतीय नागरिकसँग विवाह गरेको पुष्टि भयो। साह्रै विवाद भएपछि उनी आफैँले विवाह गरेको स्वीकारेकी हुन्। नौटंकी पनि कति गर्नु ? विवाह गरेपछि हो भने भइहाल्यो !

जीवनको नयाँ मोडलाई पनि उनले कन्ट्रोभर्सी बनाउन छाडिनन् उनले। आखिर लागेको बानी कहिले हट्छ र ?
 

Leave A Comment