हैरान ब्ल्याक

मङ्गलबार, २८ साउन २०७६, ०३ : २३ शुक्रवार
हैरान ब्ल्याक

स्किन लाइटिङ क्रिम ल्याएलगत्तै ब्ल्याक चायना विवादमा तानिइन्। उनले क्रिम सार्वजनिक गरेलगत्तै ट्रोलरहरुले यही क्रिमको प्रयोग गरेर उनले आफ्नो शरीरका काला धब्बाहरु लुकाउने गरेको भन्दै उडाए।

ट्रोलरबाट हैरान भएकी उनले मियामी बिचमा जाँदा आफ्नो स्किन केही डार्क भएको र ट्रोलरहरुले त्यसैलाई आधार बनाएर आफूलाई उडाइरहेको भनिन्। कतिले भने उनको नयाँ क्रिमलाई रङ्गभेदी काम भनेर समेत आलोचना गरिरहेका छन्।

यसले कालो रङ्गको हुनु नराम्रो हो भन्ने भाव बढाउने भन्दै नयाँ कोणबाट समेत उनको आलोचना भइरहेको छ।

 

Leave A Comment