ह्यारीलाई ८ करोड पाउन्ड

शनिबार, ३२ साउन २०७६, ११ : २० शुक्रवार
ह्यारीलाई ८ करोड पाउन्ड

इङ्ल्यान्डको राष्ट्रिय टोलीका सेन्टर ब्याक ह्यारी माग्विरेलाई इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आठ करोड पाउन्डमा किनेको छ। अब ह्यारी ६ वर्षसम्म म्यानचेस्टर युनाइटेडका लागि खेल्ने छन्।

२६ वर्षीय ह्यारीलाई म्यानचेस्टरले खर्चिएको यो रकम हालसम्मको सबैभन्दा ठूलो रकम हो। यसअघि नेदरल्यान्ड्सका भिर्गिल भान जिक विश्वका सबैभन्दा महँगा डिफेन्डर थिए। सन् २०१८ मा २८ वर्षीय भान जिकलाई साउथह्याम्पटनबाट किन्न लिभरपुलले सात करोड ५० लाख पाउन्ड खर्च गरेको थियो।

ह्यारी माथिल्लो श्रेणीका कुनै पनि इङ्लिस क्लबमा आबद्ध हुने दोस्रो महँगा खेलाडी हुन्। यसअघि सन् २०१६ मा फ्रान्सेली स्टार पल पोग्बाका लागि म्यानचेस्टर युनाइटेडले आठ करोड ९० लाख पाउन्ड खर्चिएको थियो।

ह्यारी म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकरले यो सिजन क्लबमा आबद्ध गरेका तेस्रो खेलाडी हुन्। प्रशिक्षक सोल्सकरले यसअघि क्रिस्टल प्यालेसका एरोन वान विसाका र स्वान्सिका ड्यानियल जेम्सलाई क्लबमा आबद्ध गरेका थिए।

Leave A Comment