नेइमारलाई सफाइ

शनिबार, ३२ साउन २०७६, ११ : ४१ शुक्रवार
नेइमारलाई सफाइ

प्रमाण नपुगेको भन्दै बलात्कारको आरोप खारेज भएसँगै ब्राजिलका फुटबलर नेइमारले ठूलो राहत पाए। पेरिस सेन्ट जर्मेन (पिएसजी) मा फरवार्डका रुपमा रहेका उनीमाथि बलात्कारको आरोप लागेको थियो। साओ पाउलोको अदालतले उनीमाथिको आरोपमाथि सुनुवाइ गर्दै प्रमाण पुष्टी हुने पर्याप्त प्रमाण नभएको भन्दै  मुद्दा नै खारेज गरिदियो।

अदालतको आदेश सुनेपछि उनले इन्स्टाग्राममा लेखे ‘आउँदा दिनमा अनुशासित हुनेछु र खुसी भएको छु। राहत मिलेको छ।’ गत मे मा पेरिस होटलमा बलात्कार गरेको भन्दै एक महिलाले आरोप लगाएकी थिइन्। नेइमारले आरोप अस्वीकार गर्दै आएका थिए।

Leave A Comment