मेसिनगनको सङ्गीत

शनिबार, ३२ साउन २०७६, १२ : ०५ शुक्रवार
मेसिनगनको सङ्गीत

इराकी राजधानी बगदादमा गालाबारुदको दैनिक आवाज एउटा सङ्गीतजस्तो निरन्तर आउने आवाज बन्न पुगेको छ। यो क्रम दशकौँ भइसकेको छ। यस्तोमा एक जना बगदादी माजेद अब्देनोअरले अनौठो सांगीतिक बाजा बनाएका छन्।

हेर्दा अनौठो किसिमको सांगीतिक बाजा देखिने यसलाई नजिकबाट गहिरिएर हेर्नेहरु चकित पर्छन् किनभने यो कुनै सांगीतिक बाजा वा गितार–सीतार केही होइन। यो त चर्चित रुसी मेसिनगन कलस्निकोभ हो।

माजेदले जीवन बर्बाद बनाउने यो भाँडोलाई मीठो धुनको सर्जक बनाएका छन्। पेशाले शिक्षक माजेदले आफ्नो अमूल्य जीवन अमेरिकी सेनाको विरोधमा बिताए। त्यसपछि देशभित्र मौलाउँदै जान थालेको अतिवादविरोधी भए। यतिबेला चाहिँ उनले बन्दुकलाई नै सङ्गीत बाजाका रुपमा परिवर्तन गरेर विध्वंशविरुद्ध आवाज उठाइरहेका छन्।

सन् २००६ देखि २००८ सम्म आइएसले नराम्रोसँग प्रभावित तुल्याएपछि त्यहाँका सिया र सुन्नी मुस्लिमबीचको विवाद साम्य भयो। तिनीहरु लुक्न थाले। सडकमा आइएसजस्तो अतिवादीको राज हुन थाल्यो यही बेला माजेदलाई बडो फुर्सद भयो र उनले सडक किनारामा फ्याँकिएको मेसिनगन उठाए र त्यसैबाट सङ्गीत उत्पन्न गर्नेबारे सोचे।

‘मैले धेरै समय यस्तो हिंसा किन ? भनेर सोधेँ, अभियान चलाएँ,’ उनले भने, ‘त्यसको उत्तर कसैले दिएन। मैले अरुलाई सोध्ने होइन रहेछ। आफैँलाई सोध्ने रहेछ। जब मैले आफैँलाई सोधेँ, जवाफका रुपमा यो नयाँ किसिमको सांगीतिक बाजा फेला पारेँ।’

Leave A Comment